पेट्रोलियम पदार्थकाे मूल्य तत्काल घटाउन व्यवसायीको माग « Khabarhub

पेट्रोलियम पदार्थकाे मूल्य तत्काल घटाउन व्यवसायीको माग


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् ।

महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाइकन उल्टो बढाउँदा व्यवसायीहरु समस्यामा परेको बताए ।

‘बैंक ब्याज, रुट इजाजत, जाँचपास, बीमा प्रिमियमसहित सवारी साधनसँग सम्बन्धित टायर, पाटपूर्जा लुब्रिकेन्ट, च्यासिसलगायतको मूल्यवृद्धि भई थप आर्थिक व्ययभार गर्न गएका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप मारमा परेका छन्’, उनले भने ।

महासङ्घले करिब १० खर्बको लगानी रहेको नेपालको यातायात क्षेत्रमा ११ लाख जनशक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आइरहेको बताएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुको साटो बढाउँदा व्यवसायी र जनता थप मारमा परेको बताए ।

महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएवापत सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतमा ६० प्रतिशत दिँदै आएकोमा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिनसमेत माग गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ५६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग