युक्रेन तनाव : अमेरिकाले युरोपमा थप सेना पठाउँदै « Khabarhub

युक्रेन तनाव : अमेरिकाले युरोपमा थप सेना पठाउँदै


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित आक्रमणको अनुमानकाबीच राष्ट्रपति जो बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने बताएका हुन् ।

अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।

अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ ।

रुस युक्रेन आक्रमणको योजनामा रहेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् । तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

आठ वर्षअघि रुसले युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई आफ्नो भूभागमा बिलय गराउन सफल भएको थियो ।

युक्रेनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा शान्ति कायम गर्ने बारे भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको रुसले आरोप लगाउँदै आएको छ ।

दोनबासमा रसिया समर्थित विद्रोहीले ठूलो भूभाग नियन्त्रणमा लिएका छन् ।

विद्रोही र युक्रेनका सुरक्षाकर्मीबीच सन् २०१४ देखि भएको युद्धमा कम्तिमा १४ हजार जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : १५ बजे

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार