समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने « Khabarhub

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ ।

सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थितिमा तथा सङ्गठनका अध्यक्ष श्रेष्ठको सभापतित्वमा आज सम्पन्न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरेको हो ।

सगंठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत  कार्ययोजना एक हप्ताभित्र बुझाउन जिम्मेवारी दिइएको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहेका  खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति  भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ ।

यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको बैठकले विस्तारित बैठकपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम विडारीले जानकारी दिए । मूल आयोजक समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : २४ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य