प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ कांग्रेसमा १९ आकांक्षी « Khabarhub

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ कांग्रेसमा १९ आकांक्षी


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० आकांक्षीको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेता सर्वधन राई, सुवासकुमार पोखरेल, भूपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा। राजकुमार राई, रामप्रसाद आचार्य आरपी० विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस गरेको हो ।

शनिबार बिपी स्मृति भवनमा बसेको बैठकले समानुपातिक महिलातर्फ सरस्वती वजिमय र शान्तिदेवी राई तथा खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीलाई सिफारिस गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सचिव समीर राईले बताए । गठबन्धनभित्रको भागबन्डाका क्रममा ‘प्रदेशसभा र प्रतिनिधिसभाको टिकट कसको भागमा पर्छ’ भन्ने टुंगो लाग्न बाँकी छ । तर गठबन्धन दलहरूले आ–आफ्नो उम्मेदवार सिफारिस गरिरहेका छन् ।

यी हुन् कांग्रेस प्रदेशसभा निर्वाचनका उम्मेदवार

खोटाङमा कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समितिले प्रदेशसभा निर्वाचनका लागि १८ आकांक्षीको नाम सिफारिस गरेको छ । पार्टी कार्यालयमा शनिबार बसेको बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ विष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, शम्भु कार्की, कृष्णप्रसाद भट्टराई र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ महिला कोटामा कमला राई र खुलातर्फ सहरमान राईलाई सिफारिस गर्दै आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दिपराज राई, प्रतीक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकालको नाम समावेश गरी पठाइएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । जिल्ला सभापति बिष्णुकुमा राई र प्रदेश १ का महामन्त्री भूपेन्द्र राईको टकरावका कारण कांग्रेसलाई प्रदेश ‘ख’को उम्मेदवार टुंग्याउन सकस परेको थियो । साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङमा १६ भदौमा आयोजना गरिएको बैठकले उम्मेदवारको टुंगो लगाउन नसक्दा दुई दिनसम्म दिक्तेलमा बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

यस्तै, प्रदेशसभा निर्वाचनका लागि प्रदेश ‘क’बाट १५ उम्मेदवारको नाम सिफारिस भएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ आठ जना, समानुपातिकतर्फ दुई महिला सहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए । यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : २२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह