नेपालको शिक्षा, स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छ : गृहमन्त्री खाण « Khabarhub

नेपालको शिक्षा, स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छ : गृहमन्त्री खाण


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन् । उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिए। श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा आज उनले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रुपमा नेपाल अघि बढिरहेको बताए ।

नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले नेपाल र भारतको भाषा, वेषभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गरे । गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रुपमा स्थापित गरेको बताए। गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उहाँले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गरे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण भएको बताए। भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उनले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले यहाँका अग्रजको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरे।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : ३९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह