धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव « Khabarhub

धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्न आवश्यक रहेको बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल शान्तिका अग्रदूत भगवान् गौतमबुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा सम्वद्र्धन गर्न जरुरी छ ।’ सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि भए पनि सबै जातजातिका मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए ।

उनले कला, संस्कृतिविना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवापुस्ता सक्रिय हुनुपर्ने आग्रह गरे । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत उक्त निर्मित मन्दिर र विवाह भवनको निर्माण गरिएको हो ।

यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मिण गरिएको विवाह भवनको पनि आजै उद्घाटन गरेका छन् । मन्त्री यादवको संसदीय कोषको रु १५ लाखको लागतमा उक्त मन्दिर र रु ३०–३० लाखको लागतमा विवाह भवन निर्माण भएको उहाँका स्वकीय सचिव घनश्यामबाबु गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : ५३ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न