राजनीतिप्रति जनतामा वितृष्णा बढ्यो : बिजुक्छे « Khabarhub

राजनीतिप्रति जनतामा वितृष्णा बढ्यो : बिजुक्छे


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताएका छन् । नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाए ।

सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिए ।

बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोलि चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्लाका अध्यक्ष, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका पदाधिकारीको सहभागिता छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : ४९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह