नम्बरी सुनमा आमेष अनुबन्धित « Khabarhub

नम्बरी सुनमा आमेष अनुबन्धित


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’मा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माण टिम र आमेषबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरीका अनुसार फिल्मले ७ दशकअघिको ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । ७ मंसिरबाट फ्लोरमा जाने फिल्मबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन् ।

लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुने फिल्मका लागि अन्य कलाकारको छनोट क्रम जारी छ ।

सुवर्ण शिभान्स फिल्मस्‌को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी र शान्तिश्री परियार, प्रमोद खरेललगायत गायक र गायिकाको स्वर रहनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ५ : ०५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ