जुम्लामा आइपुग्यो मतपत्र « Khabarhub

जुम्लामा आइपुग्यो मतपत्र


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार आइपुगेको छ ।

सुर्खेतबाट निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र जुम्ला ल्याएको निर्वाचन कार्यालय जुम्ला प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार बुधबार दुईपटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको बताए ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।

काठमाडौँबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिकोप्टरमार्फत जुम्लामा मतपत्र पुगेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो । यसपटक कर्णाली राजमार्गको सडक साँघुरो भएकाले हेलिकोप्टरमा ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याई सुरक्षितसाथ राखिएको छ ।

बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै आइपुगेको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (१) का लागि ४२ हजार तथा प्रदेशसभा (२) का लागि ३६ हजार मतपत्र र प्रतिनिधिसभाको सामानुपातिकतर्फ कर्मचारी र सुरक्षाकर्मीका लागि एक हजार मतपत्र जिल्लामा आइपुगेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिनुभयो । जिल्लाको जम्मा मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ मध्ये प्रदेश (१) मा ३६ हजार सात सय ८३ र प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : २२ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला