बाजुरामा जीप दुर्घटना, नौ जना घाइते « Khabarhub

बाजुरामा जीप दुर्घटना, नौ जना घाइते


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुरामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

कोल्टीबाट मार्तडी जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्बरको जीप बुढीनन्दा नगरपालिका- ५ तारुखोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा नौ जना यात्रु घाइते भएको कोल्टीबाट पत्रकार शर्पलाल गिरीले जानकारी दिए । घाइते हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ वर्षीया सुकिली बोहरा, वडा नम्बर–९ का २७ वर्षीय हिक्मत सार्की, वडा नम्बर ६ की ३५ वर्षीया पेमा लामा, वडा नम्बर ४ की ३५ वर्षीया सुलोचना जैशी, जगन्नाथ गाँउपालिका–४ का ३५ वर्षका राजु भण्डारी र ६० वर्षीय वृद्ध पदमबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते नौ जनामध्ये सुकिली बोहराको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : ०१ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला