प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न « Khabarhub

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

बतैडी – बैतडी जिल्लाको प्रमुख शक्तिपीठमध्येको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित भव्य जात्रा सम्पन्न भएको छ ।

दशरथचन्द नगरपालिका–८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो । मन्दिरका मुखिया चन्द्रसिंह थापाका अनुसार ८० राँगा र ८० बोका गरी एक सय ६० पशुकोे बलि दिइएको हो ।

यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीन रात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रहिआएको छ । जात्राका लागि दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : ५९ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला