तनहुँमा प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो « Khabarhub

तनहुँमा प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र तनहुँ आइपुगेको छ । निर्वाचन आयोगले तनहुँका लागि मतपत्र बुधबार जिल्ला ल्याइपु¥याएको हो ।

जिल्लाका लागि पाँच लाख ४८ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फको मतपत्र र आवश्यक सबै सामग्री जिल्ला आइपुगेको उनले बताए । क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई लाख ७४ हजार र २ को लागि दुई लाख ७६ हजार थान मतपत्र आइपुगेको छ ।

क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधिसभाको प्रदेशसभा (१) का लागि ७४ हजार र प्रदेशसभा (२) का लागि ६३ हजार मतपत्र आएको छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ । यस प्रतिनिधिसभाको प्रदेशसभा (१) का लागि ७४ हजार र प्रदेश ९२० का लागि ६२ हजार मतपत्र आइपुगेको छ ।

मतदाता भन्दा पाँच प्रतिशत बढी मतपत्र प्राप्त भएको निर्वाचन अधिकारी ढकालले बताए । मतपत्र च्यातिने र कुनै मतपत्र बिग्रिएको हुन सक्ने भएकाले पाँच प्रतिशत बढी मतपत्र आएको उनले जानकारी दिए ।

समानुपातिक मतपत्र भने जिल्लामा आइसकेको छ । समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच लाख ५० हजार मतपत्र आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १० : ४८ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ