भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै « Khabarhub

भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए ।

यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ ।

भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरुमा निकै अनियन्त्रित रुपमा बढिरहेको बताइएको छ । नयाँ सङ्क्रमितहरुको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको संकेत दिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र २२१ जना ओमिक्रोन भेरियन्टका सङ्क्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन सङ्क्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ सङ्क्रमितको संख्यामा ५०० प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्य सम्बन्धी अधिकरीहरुले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै संक्रमितहरु आउने अनुमान गरिएको बताएका छन् ।अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : ४५ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै