बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण « Khabarhub

बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु-  छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पूर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर,  ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाँडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पूर्वाधार कार्यालयको मिलेमतोमा तटबन्धन निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १० लाख बजेटमा पहिरो नै नआउने स्थानमा तटबन्धन निर्माण भएको हो । बजेट विनियोजन हुँदा शिव मन्दिर जाने सडक समेत निर्माण गर्नुपर्ने भन्दै १० लाख छुट्टाइए पनि सडक निर्माण नगरी डाँडामा तटबन्धन मात्रै गरिएको छ ।

असार मसान्तमा बजेट आएको र उपभोक्ता समिति गठन गर्न समय अभावले कोटेसन आह्वान गरेर ठेक्कामार्फत काम अगाडि बढाएको पूर्वाधार कार्यालय मुगुले जनाएको छ । तीन जनाको कोटेसन परेको र जसमा केटिएस निर्माण सेवाका प्रोपाईटर केशव चौलागाईले ठेक्का दिइएको थियो ।

सो क्षेत्रमा न बाढी, पहिरो , भू–क्षय आउने अवस्था छ सोही स्थानमा तटबन्धन गरिनुले सरासर रकम पचाउनेबाहेक अरु विकल्प नरहेको स्थानीय बताउँछन् । सदरमुकामभित्रै दर्जनौँ स्थानमा पटक पटक सडक अवरुद्ध हुने, बाढीको पनि जोखिम रहेका स्थान छन् । तर, जिल्लामा रहेको पूर्वाधार विकास कार्यालयले सुटुक्क कोटेसन आह्वान गरी पहिरो नआउने स्थानमा तटबन्धन हाल्दा अनियमितता र मिलोमतोको गन्ध आएको स्थानीयको भनाइ छ ।

तटबन्धनमा ४६ जाली प्रयोग भएको छ । ती सबै जाली गुणस्तरहीन रहेको आरोप छ । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईका अनुसार पूर्वाधार विकास कार्यालयले सो स्थानमा तटबन्धन गर्दा उपभोक्ता समितिलाई कुनै पनि जानकारी नदिएको बताए ।

उनका अनुसार यस योजनाका लागि समितिले माग गरेको छैन । समितिले डाँडामा तटबन्धनका लागि माग पनि नगर्ने उनले बताए ।

पहिरो नै नआउने ठाउँमा तटबन्धन गर्नु भ्रष्टाचारबाहेक अरु केही नभएको छायाँनाथ रारा नगरपालिका–२ का ऐनबहादुर हमालले बताए । उनका अनुसार बाढी पहिरो जाने धेरै ठाउँ छ । त्यहाँ तटबन्धल गरियो तर सडक योजनामा तटबन्धन गरिनुले अनियमितता भएको उनले बताए ।

पूर्वाधार कार्यालयका सव–इन्जिनियर मोहनसिंह कार्कीका अनुसार आर्थिक वर्ष ०७८÷०७९ को तटबन्धनको लागि १० लाख रकम विनियोजित गरिएकोमध्ये सात लाख रकम भुक्तानी भइसकेको बताए । सडक निर्माण शीर्षकमा १० लाख बजेट आए पनि पहिलो चरणमा फिल्ड निर्माणको लागि रिटेनिङ वाल बनाइएको बताए ।

विशेष गरेर सडक संरचनाको लागि १० लाखभित्र दुई मिटरसम्मको सडक फराकिलो बनाउने र बाँकी रकमले ग्याबिन रिटेनिङ वालले फिल्ड निर्माण गर्ने काम रहेको सबईन्जिनियर कार्कीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : २१ बजे

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक