शिक्षा क्षेत्रमा रुसको ज्यादती | Khabarhub Khabarhub

शिक्षा क्षेत्रमा रुसको ज्यादती


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

युक्रेनले पछिल्ला दुई साता यता ६ महिनादेखि रुसको निगरानीमा रहेका ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता गरेको दाबी गरेको छ। त्यस ६ महिनामा रुसी सेनाको अधीनमा जीवन बिताएका युक्रेनीले आफूहरूले पाएको यातनाका बारे खुलम खुला बोल्न थालेका छन्।
छ महिनामा युक्रेनी संस्कृति र सभ्यतामाथि मात्र आक्रमण भएन। अमानवीय ज्यादतीका थुप्रै घटना भएका थिए। रुसी दमनको कुनै सीमा नै थिएन। न त मानवीय संवेदना नै रुसी सेनाले बाँकी राखेको थियो।

रुसी सेनाको ज्यादती अस्पताल, प्रसूति गृह र वृद्धाश्रमसम्म फैलिएका प्रसङ्ग त बारम्बार समाचारमा प्रकाशित भएका थिए। त्यो आतङ्क त्यत्तिमा सीमित थिएन। शिक्षा क्षेत्रमा भएको कहाली लाग्दो हस्तक्षेपले रुसी अधीनस्थ युक्रेनी भूभागलाई आक्रान्त पारेको थियो। रुसले कब्जा गरेको क्षेत्रका शिक्षण संस्थामा रुसी पाठ्यक्रम नै लागू गर्न ठूलो दबाब दिइएको थियो। त्यसै समयमा रुसी सेना आफै विद्यालयमा उपस्थित भएर त्यस क्रमलाई निरन्तरता दिएका थिए।

युक्रेनको खार्किभ क्षेत्र आक्रमणको सुरुवाती समयमा नै रुसले पकड जमाएको थियो। त्यस क्षेत्रमा भएको ज्यादतीका समाचार बारम्बार बाहिर आएका छन्। खार्किभको बालाल्किया र भोल्सकान पनि अहिले युक्रेनले फिर्ता लिएका क्षेत्र हुन्। त्यहाँको शैक्षिक क्षेत्रमा भएको ज्यादती अहिले प्रकाशमा आउन थालेका छन्।

सुरुमा युक्रेनको पाठ्यक्रम, राष्ट्रिय झन्डा र बाल बालबालिकाले गरेको सिर्जनात्मक काम पनि नास गरिएको थियो। भित्तामा चर्चित युक्रेनी लेखक तथा सांस्कृतिक झझल्को देखिने प्रस्तुति थिए। ती सबै रुसी सेनाले नास गरेका थिए। युक्रेनी भएकोमा सबैभन्दा गर्व गर्ने प्राध्यापिका लिलिया सिरियसका लागि त यो घटनाक्रम स्वीकार्न अझ कठिन थियो। उनको हातमा दुई हजार २ सय पुस्तकको सूची थमाउँदै त्यसलाई नास गर्न पनि भनिएको थियो।

उनले त्यो पुस्तक लुकाएर त्यसको स्थानमा नयाँ पाठ्यक्रम राखेकी थिइन्। त्यहाँ उनले रुसी इतिहास, साहित्य र भाषाका किताब राखेकी थिइन्। ६ महिनासम्म लिलियाको व्यक्तिगत पुस्तकालयमा कसैको आँखा परेको थिएन।

युक्रेनी सफलतापछि उनले हजारौँ पुस्तक रहेको त्यो पुस्तकालय खोलेकी छिन्। त्यहाँ धेरै पुस्तक रिबनले बाँधिएका छन्। तीनले रुँदै विगतको संस्मरण गरिने, मेरो सबैभन्दा मिल्ने साथीले समेत यो स्थान सधैँका लागि रुसको भइसकेको तथा यसका लागि दुख गर्न आवश्यक नरहेको कुरा भनेकी थिइन्।

लिलियाले भने कहिल्यै हिम्मत हारिनन्। स्कुल कार्यकालको सुरुवाती समयमा हामीलाई विद्यार्थीलाई युक्रेन रुसको अधीनस्थ रहेको र त्यसको नाम मालारसिया भनेर सिकाउन लगाइएको थियो। बालाल्किया भाइफ स्कुलकी सहायक निर्देशक इला कन्ड्रयकाले भनिन्।

इनाले पनि रुसी आदेशलाई अस्वीकार गरेकी थिइन्। यसै कारण उनको जागिर गएको थियो। रातको समयमा बेसमेन्टमा बसेर मैनबत्तीको उज्यालोमा इनाले आफ्नो कामलाई निरन्तरता दिएकी थिइन्। उनको काम युक्रेनी पाठ्यक्रमको जगेर्ना र रक्षा थियो। उनले अनलाइन क्लासको पाठ्यक्रम तयार पार्दै त्यसलाई इन्टरनेट चलेको समयमा युक्रेनका विभिन्न सहर र युरोपमा पठाएकी थिइन्। इला र उनका सहयोगीहरूको नेटवर्किङले रुसले कब्जा गरेको युक्रेन भरीबाट १ सय जना विद्यार्थी तयार गरेर त्यो पठाइएको थियो।

बालाल्किया भन्दा १ सय किलोमिटर पर इभानिभ्का गाउँकी प्राध्यापिका लिडिया टिना शिक्षण पेसामा लागेको २० वर्ष भइसकेको छ। रुसले भने जस्तो विद्यालयको सेटअप तयार गर्न नमानेको कारण उनलाई १९ दिन थुनिएको थियो।

‘म खार्किभ छाडेर हिँड्न खोजी रहेको समयमै गिरफ्तार भएकी हुँ। मलाई कारबाट थुतेर तीन जना मास्क लगाएका व्यक्तिले काँधमा बन्दुक लगाएर हिँडाएका थिए। तिनीहरूले मेरै अगाडि मेरो शिक्षक लाइसेन्स जलाएर खरानी पारे,’ ६० वर्षीया लिडियाले भनिन्।

तीनको टाउकोमा ठूलो झोला राख्दै लगिएको थियो। त्यही स्थानबाट उनलाई पाँच दिनसम्म सैनिक यातना गृहमा लगेर राखिएको हो। उनी कहाँ छिन् भन्ने आफन्त कसैलाई पनि थाहा थिएन।

रुसी सेनाको दबाब शिक्षक मात्र होइन अभिभावकमा पनि थियो। छोरा छोरीलाई फेरि विद्यालय नपठाए उनीहरूलाई अनाथ बनाइदिने भन्दै धम्की दिइएको बालल्किया क्षेत्रको शिक्षा क्षेत्रको प्रमुख बताउँछिन्। त्यस अन्तरगत १९ वटा विद्यालय छन्।

भोल्सकान क्षेत्रमा त कक्षा कोठामा नै रुसी सेना तैनाथ हुने गरेका थिए। यी सबै कुरालाई रुसी पक्षले अस्वीकार गर्ने गरेको छ। बाल्कियामा स्कुल फेरि खुल्दै छन्। तिनीहरूको सहर स्वतन्त्र भएको दुई साता भएको छ। युवाहरू बाहिर आएका छन्। साथीहरू भेट्ने र यदाकदा मन बहलाउने काम गर्न थालेका छन्।

१४ वर्षीया डारिया बास्केटबल कोर्टमा रमाइरहेकी छिन्। उनले आफ्नी आमालाई रुसले त्यस क्षेत्र कब्जा गरेको समयमा आफूलाई स्कुल नपठाउन आग्रह गरेकी थिइन्।

‘रुसी आक्रमण यता महिनौँसम्म बेसमेन्टमा बिताएको थिएँ,’ यसै बीचमा स्वतन्त्रताले उत्साहित १३ वर्षीया मिलेनाले भनिन्, ‘हाम्रो उद्देश्य यस समयमा बाच्ने मात्र हो। यो भन्दा बाहेक मैले अन्य केही सोचेकै छैन।’

पछिल्लो दुई साताको घटनाक्रमपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ। रुसी सत्ताका फरक धारणा आउन थालेका छन्। आणविक हतियार प्रयोगका धम्कीदेखि यसका सम्भावनाका बारे बहस सुरु भएका छन्। यसै बहसका पछिल्ला परिणामले युक्रेनी राष्ट्रपति भालाडोमिडर जेलेन्सकीलाई उत्साहित तुल्याएको छ। इजुयम पनि फिर्ता भएपछि जेलेन्सकीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण भूमि युक्रेनले फिर्ता गर्ने विश्वास व्यक्त गरेका थिए।
त्यत्ति मात्र होइन उनले त्रिमिया पनि फिर्ता लिने विश्वास व्यक्त गरेका छन्।

‘हामी हाम्रा ती आफन्तलाई यो सन्देश पठाउन चाहन्छौं कि जो अझै अरूको अधिनमा बसेका छन्। मेरो सन्देश क्रिमियाबासीलाई पनि हो। जो हाम्रा मान्छे हुनुका बाबजुद आठ वर्षदेखि अरूको अधिनमा बसेका छन्। त्यो पक्कै फिर्ता हुनेछ। तर, यकिन मिति भने भन्न सकिन्न। तर, हामीसँग यसको योजना छ। किनकि त्यो हाम्रो भूमि हो,’ राष्ट्रपति जेलेन्सकीले भने।

उनले त्रिमिया अहिले रुसी प्रोपोगान्डाको सिकार भएको बताउँदै युक्रेनले फिर्ता लिएपछि सो स्थानमा रुसी टेलिभिजन र यसले मच्चाएको प्रोपोगान्डाको बारे सबैलाई जानकारी गराउने बताए।

त्यसो त अहिले स्वतन्त्रता मनाइरहेका ती क्षेत्रका बासिन्दाले रुसी आक्रमणको सुरुवाती दिनको पीडा कहिल्यै भुल्न सक्दैनन्। दोस्रो विश्व युद्ध पछिको सबैभन्दा बढी मानवता विरोधी अपराध त्यसै क्षेत्रमा भएका थिए।

युक्रेनको इतिहास साँच्चै आश्चर्यजनक छ। ७९ वर्ष अगाडि पनि त्यस क्षेत्रले स्वतन्त्रताका लागि लडेको थियो। २३ अगस्ट १९४३ का दिन सो क्षेत्र नाजी क्षेत्रको अधिनमा थियो। यस वर्ष स्वतन्त्रता दिवस मनाइरहेको समयमा खार्किभ लगायत धेरै क्षेत्र अधीनस्थ थिए।

युद्धको रुप फेरिएपछि अबको केही महिनामा अन्य थुप्रै भूभाग युक्रेनले फिर्ता गर्न पनि सक्नेछ। त्यो फिर्ता भएसँगै यस बीचमा भएको ज्यादतीका थप कथा बाहिर निस्कने छन्।
स्रोत : युक्रेनी सरकार, बीबीसी, स्टोरी टेलर

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : ०९ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो