हिमपात कारण ताप्लेजुङको जनजीवन कष्टकर « Khabarhub

हिमपात कारण ताप्लेजुङको जनजीवन कष्टकर


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा निरन्तर हिमपात हुँदै आएको छ।

निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेको स्थानीयको दुखेसो छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा बाक्लो हिमपात भइरहेको छ । यहाँका हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नंम्वर ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको बताएका छन् ।

गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको शेर्पाले बताए । उनले भने, ’लामो समयदेखि मौसम नखुलेको र हिउँ पर्ने क्रम जारी रहेकाले पुसकै हिउँ अहिलेसम्म जमिरहेको छ । त्यसमाथि दिनहुँजसो हिउँ थपिँदा घुन्सासहित फले, याङ्मा ओलाङ्चुङगोला, तोक्पेगोला, पाथीभरा फेदीबजार लगायतका बस्तीको जनजीवन कष्टकर बनिरहेको छ ।

तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिउँ परेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । महतका अनुसार पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भइरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : ४५ बजे

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी