हिउँ खेल्न छिम्केश्वरीमा | Khabarhub Khabarhub

हिउँ खेल्न छिम्केश्वरीमा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली–तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन् ।

जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा शुक्रबार हिमपात भएपछि हिउँ खेल्न आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका हुन् । छिम्केश्वरीमा शुक्रबार बिहानैदेखि आन्तरिक पर्यटकको चहलपहल बढेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबार एक सयभन्दा बढी पर्यटक छिम्केश्वरी पुगेका थिए । आज पनि हिउँ बाँकी रहेकाले बिहानैदेखि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएको उनले बताए ।

‘छिम्केश्वरी मन्दिर र बुढीदेवीमाई मन्दिर आसपास आज पनि हिउँ बाँकी छ, आज बिहानैदेखि पनि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका छन्’, उनले भने, ‘चार दशकपछि परेको हिमपातले छिम्केश्वरीको प्रचारप्रसारमा सहयोग पुगेको छ ।’ समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा यस अगाडी विसं २०३५ सालमा हिमपात भएको थियो । त्यसयता यहाँ हिउँ परेका थिएन । छिम्केश्वरीमा ४३ वर्षपछि पहिलो पटक हिमपात भएको हो । हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यही विश्वासका साथ नयाँ वर्ष र फागुपूर्णिमाको दिन छिम्केश्वरीमा भक्तजनको भीड लाग्ने गरेको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«े लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ०० बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ