कर्णालीमा भोलि मन्त्रीपरिषद् विस्तार, गैरसांसदलाई मन्त्री बनाइदै « Khabarhub

कर्णालीमा भोलि मन्त्रीपरिषद् विस्तार, गैरसांसदलाई मन्त्री बनाइदै


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

गैरसांसद मन्त्री बनाउने भएपछि माओवादी सांसदको विरोध
गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीका सांसदहरूले विरोध जनाएका छन् । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकममा स्टाटस लेखेर विरोध गरेका छन् ।

‘पहिला पहिला बुढाबुढीले भन्थे काशी जानु कुतिको बाटो नसमाउनु बाबु । आज यहि चरितार्थ भएको छ, माओवादी संसदीय दल कर्णाली प्रदेशमा । यसै पनि चाहे जुनसुकै पार्टी सम्बद्ध सांसद हुन कर्णाली प्रदेशका सांसदहरूको प्रदेश सभामा उनीहरूको भुमिकालाई हेर्यो भने कुनै खोट लाउने ठाउँ छैन,’ उनले भने, ‘यो भनेको सांसद हुदाँहुदै गैरसांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम हो । त्यो पनि पुन एकचोटि कलाविहीन नाटक प्रहसनको दुस्साहास गरिएको छ । हेक्का रहोस यहाँ कुन व्यक्ति आउँदैछ भनेर जनताबाट मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन । तर, राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुर जस्तो घरको न घाटको जस्तो बनाएर जेसिबीले हयाङ्गर लगाएर ताने जस्तोगरी जनताबाट एकै चोटी मन्त्रीमा ल्याउने कुराले अहिले निर्णय गर्ने महाशयहरूलाई जंगे बोल्यो बोल्यो, जंगेपछि फर्कदैन भनेर आफूलाई जंगबहादुर नैं ठाने पनि प्रकारान्तरले निम्न दुष्परिणामरु भोग्नु पर्ने निश्चित प्रायः छ ।’

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : १५ बजे

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या