हिउँदे वर्षाका कारण १५ करोड बराबरको काँचो इँटा नष्ट « Khabarhub

हिउँदे वर्षाका कारण १५ करोड बराबरको काँचो इँटा नष्ट


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ ।

इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।

संघका कोषाध्यक्ष रामसगुन यादवले पनि पकाउनका लागि तयारी अवस्थामा राखिएका सबै काँचो इँटामा गलेको जानकारी दिए । उनका अनुसार हरेक उद्योगका पाँच देखि १५ लाख वटासम्म इँटा गलेर नष्ट भएका छन् । उनले आफ्नै उद्योगमा समेत आठ लाखभन्दा बढी इँटा काम नलाग्ने गरी गलेको सुनाए ।

हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । उद्योगबाट निस्कदा एउटा ईटालाई कतिर तीन रुपैयाँ पर्ने व्यसायीहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ३ : ३० बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ