सिमलको रुखले रोकिएको सडक निर्माण « Khabarhub

सिमलको रुखले रोकिएको सडक निर्माण


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विसं २०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ । पारी दोधारातर्फ साढे ८०० मिटर छ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हुँदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुपर्‍यो ।

पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको वर्षपछि मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भएको छ । ‘विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख कटाउने विषयमा परिपत्र गर्‍यौँ, तर सुनुवाइ भएन ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘केही दिनअघि मात्रै मिडियामार्फत मन्त्रिपरिषद्को निर्णयले हटाउनू भन्ने कुरो सुने तर पत्र आइपुगेको छैन ।’ प्रमुख संरक्षण अधिकृत मेहताले सरकारले नै निर्णय गरिसकेकाले अब समस्या नहुने बताए।

‘पत्र प्राप्त हुनासाथ रुख हटाउने काम सुरु भइहाल्छ ।’ उनले भने, ‘विभागीय मन्त्रालयले नै मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय गराउन पहल गरेको हो ।’ झण्डै दुई महिनाअघि दोधारा र चादँनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनका क्रममा केन्द्रबाट आएको मन्त्रिस्तरीय टोलीलाई समेत स्थानीयवासीले सडकमा पर्ने रुख हटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यता महाकाली पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई वटा रुख हटाउन पहल गर्न प्रक्रियागत कारणले निकै ढिलो भएको बताएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाईना फ्युल कन्सट्रक्सनका इञ्जिनीयर किशोरराज पाण्डेयले मन्त्रिपरिषद्बाट नै निर्णय भएपछि रुख हटाउन सहज हुने बताए।

‘रुख हटाउने प्रक्रियामा भएको ढिलाइका कारण सडक कालोपत्र गर्न ढिलाइ भएको तर पारीपट्टी भने पाँच सय मिटर कालोपत्र सकिएको छ।’ उनले भने, ‘एक सय मिटर कालोपत्र गर्न त रुखकै कारण समस्या हुँदै आयो । २०७४ चैतदेखि नै उक्त रुख हटाउन सरोकारवाला निकायसित पहल थालिएको थियो ।’

उक्त योजनाअन्तर्गत वारि (भीमदत्त नगरपालिका) तर्फ चार किलोमिटर पहुँच मार्ग कालोपत्र भइसकेको इञ्जिनीयर पाण्डेयले बताए । महाकाली पुल आयोजनाको ८० प्रतिशत काम सकिसकेको छ । आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काम भने हुनसकेको छैन । तटबन्ध निर्माणका लागि स्वरुपमा परिवर्तन भए पनि आर्थिक विषय भने टुङ्गिन बाँकी छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : २४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार