विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान « Khabarhub

विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गरेकी छिन् । पहिलोपटक विश्व ब्याडमिन्टन दिवस मनाएका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) का सचिव दीपक थापालगायतको टोलीले आज शीतल निवासमा भेट गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाली ब्याडमिन्टन जगत्मा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा भविष्यमा नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सक्ने प्रतिभावान् खेलाडीसँग प्रथम विश्व ब्याडमिन्टन दिवस मनाउन पाउँदा खुसी लागेको बताइन् ।

उनले ब्याडमिन्टन खेल युवा पुस्तामामात्रै होइन, बालबालिकादेखि ८० वर्षे पाका उमेरसम्म पनि लोकप्रिय रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘ब्याडमिन्टनले खेलको विकास मात्रै गर्दैन, मान्छेमा मानसिक र शारीरिक विकास पनि ल्याउँछ, जसले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।’  

यसैगरी काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) का सचिव दीपक थापाले मानसिक तथा शारीरिक विकासमा ब्याडमिन्टनले टेवा पुर्‍याउने भन्दै केबीएले खेलाडी उत्पादनमा सहयोग गरिरहेको बताइन् । उनले विश्वकै लोकप्रिय खेल ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु भएको आठ दशकभन्दा बढी भइसकेको र नेपालमा पनि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको करिब सात दशक नाघिसकेको बताइन्।  

कार्यक्रममा काठमाडौँ एकेडेमी (केबीए) की अध्यक्ष रीता विष्टले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ)ले पहिलोपल्ट विश्व ब्याडमिन्टन दिवस आजकै दिन अर्थात् जुलाई ५ मा मनाउने घोषणा गरेको थियो । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ३९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको