विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान « Khabarhub

विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गरेकी छिन् । पहिलोपटक विश्व ब्याडमिन्टन दिवस मनाएका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) का सचिव दीपक थापालगायतको टोलीले आज शीतल निवासमा भेट गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाली ब्याडमिन्टन जगत्मा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा भविष्यमा नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सक्ने प्रतिभावान् खेलाडीसँग प्रथम विश्व ब्याडमिन्टन दिवस मनाउन पाउँदा खुसी लागेको बताइन् ।
।
उनले ब्याडमिन्टन खेल युवा पुस्तामामात्रै होइन, बालबालिकादेखि ८० वर्षे पाका उमेरसम्म पनि लोकप्रिय रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘ब्याडमिन्टनले खेलको विकास मात्रै गर्दैन, मान्छेमा मानसिक र शारीरिक विकास पनि ल्याउँछ, जसले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।’  

यसैगरी काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) का सचिव दीपक थापाले मानसिक तथा शारीरिक विकासमा ब्याडमिन्टनले टेवा पुर्‍याउने भन्दै केबीएले खेलाडी उत्पादनमा सहयोग गरिरहेको बताइन् । उनले विश्वकै लोकप्रिय खेल ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु भएको आठ दशकभन्दा बढी भइसकेको र नेपालमा पनि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको करिब सात दशक नाघिसकेको बताइन्।  

कार्यक्रममा काठमाडौँ एकेडेमी (केबीए) की अध्यक्ष रीता विष्टले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ)ले पहिलोपल्ट विश्व ब्याडमिन्टन दिवस आजकै दिन अर्थात् जुलाई ५ मा मनाउने घोषणा गरेको थियो । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ३९ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी