जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउँछौँ : मन्त्री यादव « Khabarhub

जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउँछौँ : मन्त्री यादव


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन्।

आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु सङ्कटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका छन्।

उनले भने, “जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ । नेपालमा जलवायु सङ्कटकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ । हामी यसको तयारीमा छौँ ।” यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु सङ्कटमा पुगेको घोषणा गरिने जानकारी पनि दिए।

उनले सङ्कटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए। उनले भने, “जलवायु सङ्कटकाल र जलवायु सङ्कट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी अगाडि बढिरहेका छौँ ।”

जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरका बारेमा सबै जानकार नै रहे पनि जलवायु सङ्कट तथा सङ्कटकाल घोषणा गर्न के कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उनको भनाइ थियो । उनले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी दिए।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : ०१ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई