सिराहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी « Khabarhub

सिराहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा- चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिराहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेको पाइएको हो ।

सिराहा र उदयपुरको चुरे तथा सामुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने गरेको स्थानीय बताउँछन् ।

मिर्चैया नगरपालिका-९ रमपुराको सामुदायिक वनका खैर र सिसाैका हजारौँ रूख वन कर्मचारीको सेटिङमा फँडानी भएको स्थानीय सन्ताेषकुमार यादवले बताए । रुख फँडानी र तस्करी रोक्न मिर्चैया प्रहरीलाई जानकारी गराउँदा बेवास्ता भएको उनको गुनासो छ ।

‘काठ तस्करी नियन्त्रणमा न वनको सक्रियता छ न प्रहरीकै,’ उनले भने, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फँडानीबारे जानकारी गराउँदा कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न प्रहरीले नै । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको ‘सेटिङ’ प्रष्ट हुन्छ ।’

सामुदायिक वनबाट फँडानी गरिएको काठ रातको समयमा ट्याक्टरमा लोड गरी प्रहरीको उपस्थिति रहेकै स्थानबाट यहाँका स–मिलहरुमा पुग्दा पनि प्रहरी प्रशासनले चासो देखाउँदैनन् ।

जिल्ला डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्रले केही वन कर्मचारीलाई वनको घुमुवाको रूपमा प्रयोग गरी स–मिलहरुबाट महिनावारी रकम असुली रहेको जोभा प्राकृतिक सामुदायिक वनका अध्यक्ष हरि यादवले दाबी गरे । ‘जिल्लाका सव–डिभिजन वन कार्यालयहरू डिभिजन प्रमुखकै आदेशमा कार्यालयमै बसेर काठ तस्करलाई निजी आवादी जग्गाको रुख कटान आदेश दिने गरेका छन् । यही आदेशको आडमा तस्करहरू सामुदायिक वनको रुख कटान गरी स–मिलसम्म निर्धक्क पुर्‍याउने गर्छन् ।’

काठ तस्कर र तस्करीका काठ खरिद गर्ने स–मिल सञ्चालकहरू आ-आफ्नो क्षेत्रका सव–डिभिजन प्रमुखहरूलाई पन्ध्र हजार रुपैयाँ मासिक रकम बुझाउने गरेको बताए। सव–डिभिजन प्रमुखहरूले एकमुष्ठ रकम डिभिजन प्रमुखलाई बुझाउने गरेको संलग्न बताइन्छ ।

डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खयर, कर्मा, साललगायत काँचो रुखको फँडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीयको भनाइ छ । काठ तस्करहरूले अहिले पनि  सिराहाको सामुदायिक वन र चुरे क्षेत्रबाट काठ तस्करीलाई दिनदिनै व्यापक बनाउँदै लगेका छन् । सामुदायिक वनमा तस्करहरूले फँडानी गरेको साल, खयर,कर्मालगायतको जातको रुख काटिएका बुट्यान जताततै देखिन्छ ।

चुरे क्षेत्रमा फस्टाएको काठ तस्करीको बारेमा जिल्ला डिभिजन वन कार्यालय प्रमुख शैलेन्द्र मिश्रसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : २४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह