सर्लाही ४ बाट कांग्रेस महामन्त्री थापाको एकल नाम सिफारिस « Khabarhub

सर्लाही ४ बाट कांग्रेस महामन्त्री थापाको एकल नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।

सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले न्युज कारखानालाई जानकारी दिए ।

आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो । सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको छ । युवा नेता गगन थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेका छन् । जनताको माग भएकैले उहाँको एकल नाम सिफारिस भएको हो,’ सिंहले भने ।

सर्लाही ४ मा संघीय सांसद कांग्रेसकै अमरेशकुमार सिंह छन् । तर, उनको नाम सिफारिसमा परेन । केही समयदेखि उनी कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरूको सम्पर्कमा समेत छैनन् ।

यस्तै, सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ । सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए । (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार–पाँच जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । सोही निर्वाचन क्षेत्रबाट उनी दुई दुई पटक सांसद भइसकेका छन् । यसअघि कास्की १ क्षेत्रीय समितिले पनि नेता थापाको नाम संघीय सांसदका लागि प्रत्यक्षतर्फ सिफारिस गरेर पठाएको थियो । तर थापाले सो सदस्यताका लागि धन्यवाद भनेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  २ : १० बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख