सहमतिपछि प्राविधिकको शव बुझे आफन्तले | Khabarhub Khabarhub

सहमतिपछि प्राविधिकको शव बुझे आफन्तले


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा लामो समय चलेको छलफलमा मृतक परिवारलाई विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेको रोहबरमा मृतकका बुवा बलबहादुर राई र विद्युत\ प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीबीच मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारी उपलब्ध गराउन लिखित सहमति भएको हो । सहमतिपछि जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर अपराह्न ४ बजे आफन्तले शव लिएर फर्किएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा छापगाउँमा विद्युत् मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रसारण लाइनको तार छुन पुग्दा राईलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुइपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

१० वर्षमा तीन ज्यालादारी कामदारको मृत्यु, एक अंगभंग 

नेपाल विद्युत् प्राधिकरण र स्वयं प्राविधिकको हेलचक्र्याइँका कारण खोटाङमा विभिन्न समयमा दैनिक ज्यालादारी प्राविधिकलाई करेन्ट लागेर ज्यान गुमाउनु परेको पाइएको छ । सुरक्षा सामग्रीको प्रयोग नगर्दा तथा व्यक्तिगत सुरक्षा सम्बन्धी सावधानी नअपनाउँदा जिल्लामा विद्युत् मर्मतका क्रममा २०६९ साल यता नेपाल विद्युत् प्राधिकरणमा कार्यरत तीन दैनिक ज्यालादारी मजदुरले ज्यान गुमाएका छन् भने एक जना अंगभंग भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा २०६९ जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका शम्भु आचार्यको मृत्यु भएको थियो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको कामीडाँडामा विद्युत् मर्मतका क्रममा २०७० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सन्तोष राईको मृत्यु भएको थियो ।

यस्तै, २०७१ साल चैत १६ गते विद्युत् मर्मतका क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरि ढुंगाना अंगभंग भएर अशक्त जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : १२ बजे

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको