सहमतिपछि प्राविधिकको शव बुझे आफन्तले « Khabarhub

सहमतिपछि प्राविधिकको शव बुझे आफन्तले


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा लामो समय चलेको छलफलमा मृतक परिवारलाई विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेको रोहबरमा मृतकका बुवा बलबहादुर राई र विद्युत\ प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीबीच मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारी उपलब्ध गराउन लिखित सहमति भएको हो । सहमतिपछि जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर अपराह्न ४ बजे आफन्तले शव लिएर फर्किएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा छापगाउँमा विद्युत् मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रसारण लाइनको तार छुन पुग्दा राईलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुइपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

१० वर्षमा तीन ज्यालादारी कामदारको मृत्यु, एक अंगभंग 

नेपाल विद्युत् प्राधिकरण र स्वयं प्राविधिकको हेलचक्र्याइँका कारण खोटाङमा विभिन्न समयमा दैनिक ज्यालादारी प्राविधिकलाई करेन्ट लागेर ज्यान गुमाउनु परेको पाइएको छ । सुरक्षा सामग्रीको प्रयोग नगर्दा तथा व्यक्तिगत सुरक्षा सम्बन्धी सावधानी नअपनाउँदा जिल्लामा विद्युत् मर्मतका क्रममा २०६९ साल यता नेपाल विद्युत् प्राधिकरणमा कार्यरत तीन दैनिक ज्यालादारी मजदुरले ज्यान गुमाएका छन् भने एक जना अंगभंग भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा २०६९ जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका शम्भु आचार्यको मृत्यु भएको थियो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको कामीडाँडामा विद्युत् मर्मतका क्रममा २०७० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सन्तोष राईको मृत्यु भएको थियो ।

यस्तै, २०७१ साल चैत १६ गते विद्युत् मर्मतका क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरि ढुंगाना अंगभंग भएर अशक्त जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : १२ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता