देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : अध्यक्ष लिङदेन | Khabarhub Khabarhub

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : अध्यक्ष लिङदेन


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन्  । शनिबार गोरखामा आयोजीत राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाएको बताए ।

अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलमा रहने गरेको बताए । राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको लिङदेनको भनाइ छ ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभइ विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको समेत बताए । 

उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुलाई भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आम जनताको आकांक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ४९ बजे

एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ?

काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल

दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

हुम्ला – जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई

सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन

काठमाडौं – बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सर्बियाको नोभि

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु

भारतीय पर्यटकले श्रीलङ्काको अर्थतन्त्रलाई नयाँ आकार दिँदै

कोलम्बो – पछिल्लो समय श्रीलंका जाने भारत पर्यटकहरुको संख्या बढेको