विपन्न युवालाई करोडौँ राजश्व छलीको मुद्दा     « Khabarhub

 विपन्न युवालाई करोडौँ राजश्व छलीको मुद्दा    


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौँको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् ।

सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्षपछि अदालतले ‘तिम्रो नाममा खोलिएको कम्पनीले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने त्रासमा छन् ।

धितालसँगै लागर्चे गाउँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजस्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजस्वले काटेको पत्रमा उनीहरुको नामक कम्पनी दर्ता भएर कारोबार भएको छ । तर यी युवाहरू गाउँमा सामान्य मजदुरी गरेर बसिरहेका छन्, कोही काठमाडौँ जागिर गर्दै छन्, कोही रोजगारीको लागि विदेशमा छन् ।

सम्पर्कमा आएका १३ जना युवाले गाउँकै युवराज खड्कामार्फत पैसा पाइने लोभमा लक्ष्मण यादवलाई नागरिकता बुझाएको बताएका छन्  । राजश्व छलीमा परेपछि राजन भुजेलको दुई वर्षदेखि काम गरेको तलब खातामा रोकिएको छ ।

अदालतका कर्मचारीले उनीहरूको नाममा दर्ता भएको कम्पनीले झन्डै १२ करोड रुपैयाँको कर छलेको र मुद्दा सुरु भएपछि धरौटीमा छुट्दा पनि कम्तीमा २० लाख रुपैयाँ लाग्न सक्ने बताए ।

गाउँका सोझा साझा युवालाई राजश्व छलीको आरोपमा फसाउने लक्ष्मण राय यादव यसअघि किर्ते मुद्दामा तीन वर्ष सजाय पाएका व्यक्ति हुन्। यादव जस्ता व्यक्तिहरूले  कम लेखपढ भएका र जागिरको खोजीमा रहेका युवाहरूका नाममा कम्पनी खडा गरी राजश्व छली गरी कानुनी झमेलामा पारेका छन् ।

गाउँका युवाका नाममा कसैले कम्पनी खोलेर करोडौँको राजस्व छली भएको भन्ने घटनाबारे जानकार रहेको लागर्चेका वडाध्यक्ष विष्णु खड्काले बताए।

मेलम्ची बजारबाट करिब १२ किलोमिटर उत्तरमा रहेको लागर्चेका युवाहरू ठगको जालोमा परेर राजश्व छलीको अभियोग मुद्दामा फसेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : ०० बजे

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि