देउवा, ओली र प्रचण्डबीचको बैठक निष्कर्षविहीन (भिडियोसहित) « Khabarhub

देउवा, ओली र प्रचण्डबीचको बैठक निष्कर्षविहीन (भिडियोसहित)


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए।

एमाले अध्यक्ष ओलीले भने सत्ता गठबन्धन आफै अस्पष्ट र अनिर्णीत भएर प्रतिपक्षलाई सहयोग माग्नु उचित नहुने धारणा राखेका थिए।

ओलीले एमालेले कारवाही गरेका १४ जना माधव नेपाल पक्षधर सांसद संसद्मा राखेसम्म बैठक चल्न नसक्ने र सभामुख नसच्चिएसम्म बैठक चल्न नसक्ने अडान राखका थिए।

बैठकमा सहभागी एक नेताले खबरहबसँग कुराकानी गर्दै आजको बैठकले कुनैपनि विषयमा निष्कर्ष निकाल्न नसकेको बताए।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४० बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री