देउवा, ओली र प्रचण्डबीचको बैठक निष्कर्षविहीन (भिडियोसहित) | Khabarhub Khabarhub

देउवा, ओली र प्रचण्डबीचको बैठक निष्कर्षविहीन (भिडियोसहित)


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए।

एमाले अध्यक्ष ओलीले भने सत्ता गठबन्धन आफै अस्पष्ट र अनिर्णीत भएर प्रतिपक्षलाई सहयोग माग्नु उचित नहुने धारणा राखेका थिए।

ओलीले एमालेले कारवाही गरेका १४ जना माधव नेपाल पक्षधर सांसद संसद्मा राखेसम्म बैठक चल्न नसक्ने र सभामुख नसच्चिएसम्म बैठक चल्न नसक्ने अडान राखका थिए।

बैठकमा सहभागी एक नेताले खबरहबसँग कुराकानी गर्दै आजको बैठकले कुनैपनि विषयमा निष्कर्ष निकाल्न नसकेको बताए।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४० बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली