पोखराका नौ ताल जोड्न साइकलमार्ग बनाउँदै | Khabarhub Khabarhub

पोखराका नौ ताल जोड्न साइकलमार्ग बनाउँदै


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ ।

प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो ।

समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ । यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए ।

उनले पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको बताए । यस विषयमा छलफल तथा साईकलमार्गमा चिह्न राख्नेकाम भएको उनले भने ।

महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले पोखरा प्राकृतिक सुन्दरताले बरदान पाएको सहर भएकाले यसलाई सुन्दर बनाउन थप प्राकृतिक कुरालाई व्यवस्थापन गरेर अनुकुल मौसमदेखि हिमशृखङ्ला ताल तलैयाको अनुपम बरदान पाएको सहर  पोखरालाई ‘कनेक्ट लेक टु लेक’ पर्यटन प्रवद्र्धनका लागि साइकल राम्रो विकल्प बन्नेछ”, उनले भने  ।

 सातसयदेखि एक हजार ५०० मिटर उचाइमा साइकल चलाउँदै उत्तरतिर हिमशृङ्खला र दक्षिणतर्फ पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन, तालमा साइबेरियादेखि आएका चराको झुण्ड हेर्दै र अन्तर्राष्ट्रिय विमानस्थल जहाजको उडान र अवतरणका दृश्यलाईसमेत यस साइकल ट्र्याकबाट हेर्न सकिन्छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोखरा साहसिक खेल पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएकाले ‘लेक टु लेक कनेक्टका लागि साइकलमार्ग निर्माण हुनु निकै प्रशंसनीय कार्य भएको बताए । उनले पोखरा विभिन्न पर्यटकीय गन्तव्यको ‘गेट वे’सँगै प्रकृतिको स्वच्छतामा रमाउन पर्यटकको आगमन हुने र साइकलमार्गबाट पोखराको हिमशृङुखला, तालतलैयालगायत पोखरा उपत्यकाको सुन्दर दृश्यमा पर्यटकले भरपुर आनन्द लिन सक्ने भएकाले यस निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

 यस मार्गमा महानगरका १८ वटा वडा समेटिएका छन् । साइकल सिटीको रूपमा पोखरालाई चिनाउन ‘मेयर साइकल प्रतियोगिता’ पोखरामा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : ४९ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर