राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल हुने « Khabarhub

राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल हुने


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढ्ने भएको छ। महाअभियोग प्रस्ताव संसदमा टेबुल भएको ६ महिना पुग्नै लाग्दा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रस्ताव अघि बढाउने अनौपचारिक सहमति भएको हो।

संघीय संसद सचिवालयले आज जारी गरेको भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख गरेको छ।

सत्ता गठबन्धनविरुद्ध लागेको भन्दै गत फागुन १ गते ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग दर्ता गरेका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेले महाअभियोग अघि बढाउन निरन्तर संसदमा माग गरिरहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १ : ०८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक