भक्तपुरका अस्पतालको क्यान्टिन अनुगमन « Khabarhub

भक्तपुरका अस्पतालको क्यान्टिन अनुगमन


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालका क्यान्टिनको अनुगमन गरिएको छ। अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए।

अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो।

साथै पाकेको र काचो खाद्य वस्तुहरु छुट्टाछुट्टै राख्न र फोहर कुहिने र नकुहिने छुट्ट्याएर भान्छा बाहिर राख्न, अखाद्य तेल र पटकपटक पकाएर तेल प्रयोग नगर्न, कामदारहरुले एप्रोन मास्क, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा एकदमै फोहर देखिएकोले सफा र व्यवस्थित गरी ग्यास सुरक्षित राख्न निर्देशन दिई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो।

त्यस्तै क्यान्सर अस्पतालनको सुप्रिमु रेष्टुरेन्ट एण्ड मःम हाउसमा भान्छा कोठा धुवा र तेलले कालो (खार) भइसकेकोले सफा गरी चिम्नीको व्यवस्था गरी सफा र व्यवस्थित गर्न, क्यान्टिनमा प्रयोग भएको खाद्य सामाग्रीको म्याद नाघेको मिति नभएको चामल भेटिएकोले लेबल नभएको प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न निर्देशन दिई पसल दर्ता नभएकोले दर्ता गरायो।

त्यस्तै मानव अंग प्रत्यारोपण अस्पतालमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड क्यान्टिनमा भान्छाको भुई भित्ता सफा गर्न मिल्ने गरी निकासको व्यवस्था गर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, मूल्यसूचि राख्न, सरसफाइमा ध्यान दिन र दर्ता प्रमाणपत्र पसलमा नभएकोले देखिने गरी पसलमा राख्न र तीन दिनभित्र दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दियो।

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा सरसफाईमा ध्यान दिन, मूल्यसूचि राख्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, फ्रिजमा खाद्य वस्तुहरु, जुस र आइसक्रिम संगै राखेकोले छुट्टाछुट्टै राख्न र पसल दर्ता बिना विगत दश बर्ष अगाडिदेखि संचालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दियो।

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रोशनमैया सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिपकुमार सुवाल, वडा निरीषक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक भगाउर प्र। हरिजन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवाको सहभागिता थियो।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ३१ बजे

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि