सिराहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच रोचक प्रतिस्पर्धा हुने « Khabarhub

सिराहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच रोचक प्रतिस्पर्धा हुने


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिराहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

सिराहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेद्‌वारहरू अन्यक्षेत्रमा घरभएका छन् । कांग्रेसकी चित्रलेखा यादवको घर सिराहा नगरपालिकामा छ । उनले माइती नवराजपुर– ४ नहरनियाँबाट मतदान गर्नेछिन् ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव उनी पनि यस क्षेत्रका मतदाता होइनन् । उनी नरहा गाउँपालिका ३, चोहर्वाका हुन् । उनी प्रायः चुनावै पिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन् । पहिलो संविधानसभा २०६४ मा सिराहा–६ बाट विजयी भएका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा त्यहीँ पराजित भएका थिए । २०७४ मा सिराहा–४ बाट विजयी भएका उनी अहिले क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उनी २ नम्बरमा गएका हुन् ।

यही क्षेत्रबाट लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पनि यस क्षेत्रका मतदाता होइनन् । उनी सिराहा नगरपालिका १९ सन्हैठाका मतदाता हुन् । सन्हैठा सिराहा क्षेत्र नम्बर ३ मा पर्छ । प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँदैनन् । उनी पनि सिराहा ४ नम्बर वडाका मतदाता हुन् । उनको घर पनि सिराहा क्षेत्र नम्बर ३ मा पर्छ ।

यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उनीसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन् ।

यो क्षेत्रमा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनकै बीच भारी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका उम्मेदवार चित्रलेखा यादवको पल्लाभारी रहेको दाबी गरिएको छ । यस क्षेत्रमा पर्ने सत्ता गठन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अगाडि देखिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ४७ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक