सिराहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच रोचक प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

सिराहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच रोचक प्रतिस्पर्धा हुने


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिराहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

सिराहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेद्‌वारहरू अन्यक्षेत्रमा घरभएका छन् । कांग्रेसकी चित्रलेखा यादवको घर सिराहा नगरपालिकामा छ । उनले माइती नवराजपुर– ४ नहरनियाँबाट मतदान गर्नेछिन् ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव उनी पनि यस क्षेत्रका मतदाता होइनन् । उनी नरहा गाउँपालिका ३, चोहर्वाका हुन् । उनी प्रायः चुनावै पिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन् । पहिलो संविधानसभा २०६४ मा सिराहा–६ बाट विजयी भएका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा त्यहीँ पराजित भएका थिए । २०७४ मा सिराहा–४ बाट विजयी भएका उनी अहिले क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उनी २ नम्बरमा गएका हुन् ।

यही क्षेत्रबाट लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पनि यस क्षेत्रका मतदाता होइनन् । उनी सिराहा नगरपालिका १९ सन्हैठाका मतदाता हुन् । सन्हैठा सिराहा क्षेत्र नम्बर ३ मा पर्छ । प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँदैनन् । उनी पनि सिराहा ४ नम्बर वडाका मतदाता हुन् । उनको घर पनि सिराहा क्षेत्र नम्बर ३ मा पर्छ ।

यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उनीसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन् ।

यो क्षेत्रमा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनकै बीच भारी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका उम्मेदवार चित्रलेखा यादवको पल्लाभारी रहेको दाबी गरिएको छ । यस क्षेत्रमा पर्ने सत्ता गठन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अगाडि देखिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ४७ बजे

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा