चुनावपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार : सञ्चारमन्त्री कार्की « Khabarhub

चुनावपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार : सञ्चारमन्त्री कार्की


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई पूरा गर्न कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताए ।

सामाजिक एकता र सदभाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले राष्ट्रिय एकता नभइ देशमा राजनीतिक स्थायीत्व कायम नहुने बताए । राजनीतिक स्थायीत्व भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्ने मन्त्री कार्कीको भनाइ छ ।

मुलुकको मुहार फेर्न, गरिबी र बेरोजगारी अन्त्य गर्न सत्ता गठबन्धनको सरकार लागि परेको उनको भनाइ छ । यसका साथै उनले सुनसरीका युवालाई रोजगार बनाउनुका साथै त्यहाँ डुबानको समस्यालाई समाधान गर्न आफू गम्भीर रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ४९ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको