रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्नुहोस् : डा. सीके राउत | Khabarhub Khabarhub

रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्नुहोस् : डा. सीके राउत


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।

रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता, शक्ति आफ्नै हातमा भएपनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँद पाँच पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नुपर्ने अवस्था आउनु दुखद भएको बताए ।

उनले एकातिर पाँच दल र अर्कोतिर पाँच दलको गठबन्धन रहेको भन्दै यस्ता गठबन्धन देश विकासका र जनताको लागी नभई ठगबन्धन भएको तर्क गरे । राउतले सामुदायिक समाजवाद ल्याउन देशैभरी जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार जितेन्द्र नाथ शुक्ला र विरेन्द्र जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमत पार्टीलाई एक मौका दिन आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ०७ बजे

युवतीको मृत्युपछि ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी

लौरो टेक्दै उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय

क्यान्सरको प्रकार थाहा पाउने ‘आईएचसी’ उपकरण सञ्चालनमा

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को