ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका कलुवापुरका अन्दाजी २७ वर्षीय भुवनसिंह रानाको रानाको उपचारका क्रममा कैलालीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

से १ त ९३८७ नम्बरको ट्रयाक्टरले सुप प्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामको सिलसिलामा शुक्लाफाँटा नगरपालिका–४ गएका वेला ट्रयाक्टरले रानाको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरचालक श्रीकृष्ण रानासमेत घाइते भएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : १६ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले