ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका कलुवापुरका अन्दाजी २७ वर्षीय भुवनसिंह रानाको रानाको उपचारका क्रममा कैलालीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

से १ त ९३८७ नम्बरको ट्रयाक्टरले सुप प्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामको सिलसिलामा शुक्लाफाँटा नगरपालिका–४ गएका वेला ट्रयाक्टरले रानाको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरचालक श्रीकृष्ण रानासमेत घाइते भएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : १६ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता