मतदाताको गुनासा र सुझाव लिन प्रदीप पौडेलले सार्वजनिक गरे हटलाइन नम्बर « Khabarhub

मतदाताको गुनासा र सुझाव लिन प्रदीप पौडेलले सार्वजनिक गरे हटलाइन नम्बर


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् । पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव संकलनका लागि हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् ।

‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पुरा सदस्यलाई भेट्न पाइएन,’ प्रदीपले भने, ‘जसलाई मैले चाहेर पनि भेट्न सकिन उहाँहरुले फोनबाटै सल्लाह सुझाव दिनुहुनेछ भनेर मैले हटलाइन नम्बर सार्वजनिक गरेको हुँ । तपाईंहरुको सुझाव काठमाडौं ५ का निमित्त मार्गनिर्देशन बन्नेछ । त्यही सुझावलाई नै आत्मसाथ गर्दै अघि बढ्नेछु ।’

त्यसैले सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकड गर्न सक्छन् । काठमाडौं ५ को प्रदेश सभा ‘क’मा कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ०८ बजे

मणिपाल कलेज बनाउन खरिद गरेको ३५ बिघा जग्गा वर्षौँदेखि अलपत्र

जलेश्वर– महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज बनाउने भन्दै

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को