सुरजको निर्देशनमा ‘परस्त्री’को घोषणा « Khabarhub

सुरजको निर्देशनमा ‘परस्त्री’को घोषणा


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ लभ लभ’ फेम्ड अभिनेता सुरज पाण्डेको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को घोषणा गरिएको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्ममा दीपेन्द्र के खनालको लेखन रहनेछ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । फिल्ममा गायक तथा अभिनेता कोशिस क्षेत्री प्रमुख भूमिकामा देखिनेछन् ।

निर्माण टिमका अनुसार बाँकी अन्य कलाकारको छनोट अडिसनमार्फत गरिनेछ । जसका लागि उनीहरुले २२ देखि २७ वर्ष उमेरका अभिनेता, २२ देखि ३० वर्ष उमेरकी अभिनेत्री र २० देखि २५ वर्ष उमेरका अन्य अभिनेत्री छान्नेछन् । फिल्म फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा नै हुनेछ ।

नवनिर्देशक निर्देशक पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनय भन्दापनि निर्देशन रहेको बताए । सिनेमा क्षेत्रमा प्रवेश गरेदेखि नै आफु निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्यन र अनुसन्धान गरेर परस्त्री निर्देशन गर्ने हिम्मत जुटाएको दाबी गरे ।

लेखक तथा निर्माता दीपेन्द्र के खनालले परस्त्रीको कथा पुर्ण रुपमा नेपाली परिवेशमा तयार पारिएकाले यो कथा विश्वका अन्य कुनैपनि फिल्मबाट प्रभावित नभएको बताए । निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । फिल्म २०७९ बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : ५९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको