सुरजको निर्देशनमा ‘परस्त्री’को घोषणा « Khabarhub

सुरजको निर्देशनमा ‘परस्त्री’को घोषणा


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ लभ लभ’ फेम्ड अभिनेता सुरज पाण्डेको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को घोषणा गरिएको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्ममा दीपेन्द्र के खनालको लेखन रहनेछ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । फिल्ममा गायक तथा अभिनेता कोशिस क्षेत्री प्रमुख भूमिकामा देखिनेछन् ।

निर्माण टिमका अनुसार बाँकी अन्य कलाकारको छनोट अडिसनमार्फत गरिनेछ । जसका लागि उनीहरुले २२ देखि २७ वर्ष उमेरका अभिनेता, २२ देखि ३० वर्ष उमेरकी अभिनेत्री र २० देखि २५ वर्ष उमेरका अन्य अभिनेत्री छान्नेछन् । फिल्म फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा नै हुनेछ ।

नवनिर्देशक निर्देशक पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनय भन्दापनि निर्देशन रहेको बताए । सिनेमा क्षेत्रमा प्रवेश गरेदेखि नै आफु निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्यन र अनुसन्धान गरेर परस्त्री निर्देशन गर्ने हिम्मत जुटाएको दाबी गरे ।

लेखक तथा निर्माता दीपेन्द्र के खनालले परस्त्रीको कथा पुर्ण रुपमा नेपाली परिवेशमा तयार पारिएकाले यो कथा विश्वका अन्य कुनैपनि फिल्मबाट प्रभावित नभएको बताए । निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । फिल्म २०७९ बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : ५९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको