काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न « Khabarhub

काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।

गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका छन् ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । ८ जनामध्ये ५ जना वडाको महिला सदस्य पदमा विजय हासिल गरेकामध्ये उम्मेदवारी दिएकाबाट निर्वाचित हुने र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहभागिता रहेको छ ।

निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीको उम्मेदवारी परेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीकातर्फबाट मैयाँ लक्ष्मी महर्जनको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एमालेकातर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको छ ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीकोको उम्मेदवारी छ । यस्तै नेपाली कांग्रेसकातर्फबाट बिनोद अछामी र महेश नेपालीको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की ढली उम्मेदवार छिन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्