नवलपरासी पूर्वका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध « Khabarhub

नवलपरासी पूर्वका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।

ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘नवलपरासी (पुर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स–साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनुहुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : २५ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्