गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता « Khabarhub

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयको भ्रमण गरेका छन् ।

यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए ।

राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरेका थिए ।

श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनको भ्रमण केन्द्रित थियो ।

राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ३० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको