दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित)


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज दिनभर ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने सरकारको निर्णय, संसदमा एमालेको आपत्ती, शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा सामूहिक राजीनामा, बलात्कार आरोपमा क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध जाहेरी दर्ता  लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरियाको रोजगारीबाट फर्किएका श्रमिकहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले भदौ २७ र २८ गते सिगापुरमा आयोजना हुने फ्याक्ट इन्टरपोल राउन्ड टेबलमा इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ भने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भदौ २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । मन्त्रीपरिषद्ले भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौसम्म भारत भ्रमणका लागि स्वीकृत दिने रसप्तरी जिल्ला हाल राजविराज नगरपालिका १३ वडा स्थित सरकारी जग्गा मधेस कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

ऊर्जा मन्त्री पम्फा भुुसाल

ऊर्जा मन्त्री पम्फा भुुसालले दुई बर्षभित्र प्रसारण लाईनमार्फत कर्णालीका सवै घरमा बिद्युतको पहँुच पुराउनेगरि काम भइरहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीमबहादुर रावलले राखेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा मन्त्री भुसालले अहिले प्रसारण लाईन नपुगेका स्थानमा पनि बैकल्पीक ऊर्जाका माध्यमबाट बिद्युतको पहुच पुराईएको समेत बताए । उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार विधुतको उत्पादन गर्न नसकिएको उल्लेख गरिन ।
त्यसअघि जरुरी सार्वजनिक महत्वमाथिको प्रस्तावका क्रममा रावलले नेपालका सवै स्थानमा बिद्युतको पहुँच पुराएर मात्रै विद्युत् निर्यात नीति प्रवद्र्धन गर्नुपर्ने बताए । उनले नेपालको केहि आयोजनाहरु भारतको जिम्मा लगाउने काम नेपालको हितमा नरहेको र यसले भविष्यमा बिद्युत बिक्रि बितरणमा समेत असर पार्न सक्ने तर्क गरे ।

संसदमा एमालेको आपत्ती

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरि आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ती जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले प्रमुख सचेतक बिशाल भट्टराईले बिभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगाएतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफुलाई अनुकुल हुने गरि सरुवा गर्ने काम भएको भन्दै आपत्ती जनाएका हुन ।

पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताएका छन । काठमाडौंमा आज पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले आफ्नै तयारीमा र नेतृत्वमा जनयुद्ध भएको र शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्वका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेकाले अवको चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताए ।उनले माओवादीको विरासत र परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अर्थमन्त्री समेत रहेका शर्माले आफु उपमहासचिवको हैसियतमा नभइ पार्टीको संगठन बिभागको प्रमुखको हैसियतले बोलेको बताए । शर्माले अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्नन सक्ने भएकाले आफुले नेतृत्वको आलोचना गरेको बताए ।

महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिईने बताएका छन । काठमाडौंमा आज नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताएका हुन । उनले समानुपातीक सूचीमा राख्नुपर्ने अधिकतम दवाव आइरहेका बेला प्रत्यक्षमा नै चूनाव लड्न महिला नेतृहरु इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए । देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो बिचार प्रवाह गर्न सुझाव दिए ।

सामूहिक राजीनामा घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । उनीहरुले शान्ति सुरक्षा नभएको भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन् । गत भदौ २ गते आकस्मिक विभागमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनकै चौथो तहका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । आफ्नो छोराको टाँका नकाटेको भन्दै उनले डा.साहमाथि हातपात गर्नुका साथै लात्तीले हिर्काएको दृश्य सीसीटिभी फुटेजमा देख्न सकिन्छ । डक्टर कुट्ने शाहीविरुद्ध मुद्दा चलिरहेको छ ।

इन्द्रजात्रा हेर्न १८ विदेशी नगरप्रमुखलाई निम्तो

काठमाडौं महानगरपालीकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका बिभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ । इन्द्रजात्राका सन्दर्भमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगाएतका देशका भगिनी नगरहरुलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किपछि नेपालको संस्कृतीको प्रचार हुने भएकाले बिदेशी पाहुनाहरुलाइ बोलाइएको जानकारी दिए।
हनुमानढोका अगाडि आज धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाइन्छ ।

बलात्कार आरोपमा जाहेरी दर्ता

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ । सन्दीप बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिनुभयो । सन्दीप दुवै ठाउँका होटलमा पुगेको सीसीटिभीबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । केन्या भ्रमणमा जानु अघिल्लो दिन गत भदौ ५ गते राति आइतबार सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र आफुमाथि बलात्कार गरेको भन्दै पिडित भनिएकी किशोरीले हिजो प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । यता सन्दीपको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि छलफल गरिरहेको छ । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

हास्यकलाकार अपूर्व क्षितिज सिंह

हास्यकलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पु¥याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । गत भदौ १२ गते पक्राउ परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो । तर, सिहंमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ ।यसैबीच, एमालेले उनलाई यथाशीघ्र रिहा गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरे गर्नुभएको थियो ।

लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ ।शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पौडेलको मोबाइल लोकेसन मुग्लिन–कुरिनटारको बीचमा ट्रयाक भएको छ । पौडेलकी पत्नीले गत आइतबार बिहान सामाखुसीस्थित प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले मोबाइल लोकेसन ट्रयाक गरेको थियो ।

पर्साको वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना

पर्साको वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा आज एक कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना गरिएको हो ।विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ । मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्वविद्यालय कोशेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयको कार्यालय वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ । पर्सा जिल्लामा १०० बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी रहेको छ स्थापना समारोहमा मुख्यमंत्री मोहम्मद लालबाबु राउत, वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान शाक्यलगायत सहभागीता रहेको थियो ।

कोरोना अपडेट

नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दाङमा ट्रक पल्टिएर च्यापिँदा सहचालकको मृत्यु

दाङमा ट्रक पल्टिएर च्यापिँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालकरूपन्देही रोहिणी गाउँपालिका–६ का करिब २६ वर्षीय सखर खाँ रहेका छन् । घोराही–लमही सडकखण्डमा पर्ने भैंसी बगाउने खोलामा आज दिउँसो करिब सवा १ बजेतिर ट्रक पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीबाट भैंसीराँगाको काँचो छाला लिई विराटनगर जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक अनियन्त्रित भई घोराही उपमहानगरपालिका–३ भैंसी बगाउने खोलाको ओरालोमा पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । ट्रक चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

केरा उत्पादक किसानद्वारा आन्दोलनको चेतावनी

केरा उत्पादक किसानहरूले भारतीय केराको आयात नरोकेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । चितवन केरा उत्पादक संघले रत्ननगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधवप्रसाद घिमिरेले चाडपर्वका बेला हुने मागलाई धान्ने केरा नेपालमै उत्पादन भएको बताउँदै सरकारले भारतीय केराको आयातमा रोक नलगाए आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । साउन सकिए लगत्तै धमाधम भारतीय केरा आउन सुरु भएका कारण नेपाली किसानहरु मर्कामा परेको संघका महासचिव जनकराज पन्तले बताउनुभयो ।केरा आयात गर्न पनि एलसी अनिवार्य गरेपछि अग्रिम पैसा जम्मा गर्नु पर्ने भएका कारण आयात कम भएको थियो । तर एलसी खोले नखोलेको बारेमा नियमनमा कडाइ नभएकाले पनि भारतीय केराको आयात बढेको पन्तले गुनासो गर्नुभयो । यसको असर नेपाली केराको मूल्यमा परेको छ ।

टिकट बुकिङ

यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज १ गते देखि खुल्ने भएको छ ।यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिनुभयो । यात्रुहरुलाई अग्रिम टिकट बुकिङ नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौसाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।दसैं तथा तिहार लगायत चाडबाडको समयमा काठमाडौं बाहिर जाने यात्रुहरूको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने पनि सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ०७ बजे

परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट

गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा

रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित

मस्को – रूसले बुधबार हजारौँ टन तेल समुद्रमा चुहिएपछि र

मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का

लुम्बिनी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब

एनपीएल : बोपाराले उछिने रोहितलाई, हारे पनि जनकपुरलाई अर्को मौका

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अब दुई खेल मात्रै