मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषित « Khabarhub

मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषित


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशको मुगु जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा गरिएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय मुगुका प्रमुख उमेश गौतमले बताए ।

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका ४ वटै सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेकोले सोही प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमुख गौतमको भनाइ छ ।

जिल्ला पूर्णखोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति उपप्रमुख नैली कार्कीको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । घोषणासँगै कार्यक्रमका सहभागीले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

पूर्ण खोप घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही र मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चितता सँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकालाई गत भदौ १९ गते पूर्ण खोप घोषणा गरिएको थियो । यस्तै सोरु गाउँपालिकालाई २० गते, छायानाथ रारा नगरपालिकालाई २२ गते पूर्ण खोप घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालयको अद्यावधिक विवरण अनुसार जिल्लामा राष्ट्रिय खोप तालिका अनुसार १५ महिना मुनिका १ हजार ६ सय ८८ बालबालिकाहरूले खोप लिइरहेको पाइएको छ । यसैगरी जिल्लाभर १६ देखि २३ महिना सम्मका १ हजार १२ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

खोप पाउने उमेर समूहका सम्पूर्ण बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चितता भएसँगै जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा भएको थियो । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ । घोषणा कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो भने महाकाली नमुना मावि र रारा बोडिङ्ग स्कुलका विद्यार्थीहरू खोप सम्बन्धी जनचेतना मूलक नाटक प्रदर्शन गरेका थिए ।

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । कार्यक्रम आज बिहान बाजागाजासहित बजार परिक्रमा गरी मनाइएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : १९ बजे

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि