मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषित « Khabarhub

मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषित


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशको मुगु जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा गरिएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय मुगुका प्रमुख उमेश गौतमले बताए ।

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका ४ वटै सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेकोले सोही प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमुख गौतमको भनाइ छ ।

जिल्ला पूर्णखोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति उपप्रमुख नैली कार्कीको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । घोषणासँगै कार्यक्रमका सहभागीले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

पूर्ण खोप घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही र मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चितता सँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकालाई गत भदौ १९ गते पूर्ण खोप घोषणा गरिएको थियो । यस्तै सोरु गाउँपालिकालाई २० गते, छायानाथ रारा नगरपालिकालाई २२ गते पूर्ण खोप घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालयको अद्यावधिक विवरण अनुसार जिल्लामा राष्ट्रिय खोप तालिका अनुसार १५ महिना मुनिका १ हजार ६ सय ८८ बालबालिकाहरूले खोप लिइरहेको पाइएको छ । यसैगरी जिल्लाभर १६ देखि २३ महिना सम्मका १ हजार १२ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

खोप पाउने उमेर समूहका सम्पूर्ण बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चितता भएसँगै जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा भएको थियो । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ । घोषणा कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो भने महाकाली नमुना मावि र रारा बोडिङ्ग स्कुलका विद्यार्थीहरू खोप सम्बन्धी जनचेतना मूलक नाटक प्रदर्शन गरेका थिए ।

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । कार्यक्रम आज बिहान बाजागाजासहित बजार परिक्रमा गरी मनाइएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : १९ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा