वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा « Khabarhub

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् । निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् । धानबाली सबै डुबाएको छ ।

वर्षाले जलमग्न वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र जनप्रतिनिधि अवलोकन गरेका छन् । साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ । उक्त क्षेत्रमा सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ । डुबानले पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको स्थानीयवासीले बताएका छन् । हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ ।

जिल्लाका मुख्य राजमार्ग तथा अन्य सडक पहिराको कारण सवारी आवतजावतमा कठिनाइ भएको छ । पहिरो हटाउँदै सवारी आवतजावतलाई सहज बनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १० बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले