रुपन्देहीमा थपियो ९२ मतदान केन्द्र | Khabarhub Khabarhub

रुपन्देहीमा थपियो ९२ मतदान केन्द्र


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भैरहवा – आगामी ४ मंसिरमा तय भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार र निर्वाचन सम्पन्न गराउने अधिकारीहरू आ-आफ्नै तयारीमा लागेका छन्। उम्मेदवारहरू पार्टीको प्रचार प्रसारका लागि कार्यालय खोल्नेदेखि घरदैलो र छलफलमा व्यस्त छन् भने निर्वाचनलाई सम्पन्न बनाउन प्रशासन, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतहरू तयारीमा छन्।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दुई सय आठ वटा मतदान स्थल हुने गरी सात सय दुई वटा मतदान केन्द्र जिल्लाभर रहनेको टुंगाे लगाएको छ। पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०७४ सालको प्रदेश एवम् प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए। आगामी निर्वाचनका लागि ३ मंसिरसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने प्रावधान छ। मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ।

अघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुई सय आठ वटै मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ६ सय १० वटा थियो। मतदाताको संख्या बढेकोले यस वर्ष मतदान केन्द्रहरु ९२ वटा थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए। सरदरमा एक हजार ६४ मतदाताको लागि एउटा मतदान केन्द्र तोकिएको छ। एउटा मतदानस्थलमा १६ वटा सम्म मतदान केन्द्र रुपन्देहीमा कायम गरिएको छ। अहिले गएको स्थानीय तहको भन्दा दुई वटा मतदान केन्द्र थपिएको छ, सोहीअनुसार मतदान केन्द्रको टुंगो लगाउने कार्य भएको भण्डारीले बताए।

रुपन्देहीबाट हाल ६ लाख ३८ हजार नाै सय ५२ जनाले यो निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउँछन्। तीन लाख २७ हजार चार सय ३३ पुरुष र तीन लाख ११ हजार पाँच सय ११  महिलाले मत हाल्न पाउनेछन्। निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर विनोद भट्टराईका अनुसार रुपन्देही १ मा एक लाख ३९ हजार ५ सय ६० जनाले मताधिकार पाएका छन्। जसकाे प्रदेश सभा १ मा ७२ हजार २ सय ११ मतदाता छन् भने २४ मतदान स्थलबाट ८२ मतदान केन्द्रमा मतदान हुनेछ। प्रदेश सभा २ का लागि ६७ हजार तीन सय ४९ जनाले मतदानका लागि २१ वटा मतदान स्थलमा ७२ वटा मतदान केन्द्र राखिएको छ।

रुपन्देही २ काे एक लाख २६ हजार आठ सय सात मतदाताका लागि प्रदेश सभा १ का लागि १० मतदान स्थलमा ६५ वटा मतदान केन्द्र तोकिएको छ।६३ हजार पाँच सय तीन मतदाता रहेको प्रदेश २ को १ मा एकजनाले अन्यबाट पनि मतदान गर्नेछन्। प्रदेश सभा २ का लागि ६३ हजार तीन सय चारजनाले मताधिकार पाएका छन्, जसका लागि १३ वटा मतदानस्थलमा ६६ वटा मतदान केन्द्र तय भएको छ।

रुपन्देही ३ मा कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता छन्। प्रदेशको १ मा भने ६५ हजार ५ सय १३ मतदाताले २० वटा मतदान स्थलमा रहेको ७१ वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ६७ हजार दुई सय ७८ मतदाताले २६ मतदान स्थलको ७५ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

रुपन्देही ४ मा कुल एक लाख १० हजार ६ सय ५९ मतदाता छन्। प्रदेशको १ मा ५३ हजार तीन सय ८९ मतदाताले २४ वटा मतदान स्थलमा रहेको ६२ वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ५७ हजार दुई सय ७० मतदाताले २४ मतदान स्थलको ६६ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

रुपन्देही ५ मा कुल एक लाख २९ हजार एक सय ३५ मतदाता छन्। प्रदेशको १ मा ७४ हजार ६ सय ५९ मतदाताले २० वटा मतदान स्थलमा रहेको ८० वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ५४ हजार चार सय ७६ मतदाताले २६ मतदानस्थलको ६३ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : २४ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको