हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते « Khabarhub

हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए ।

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार