एन.सी.सी. बैंक र दराजबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता « Khabarhub

एन.सी.सी. बैंक र दराजबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी. बैंक) र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

याे सम्झौता पत्रमा बैंककाे तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजकाे तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरूले नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको ‘नववर्ष २०७९’ अभियान चैत्र २८ को दिनदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १,००० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यो छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्नेछ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन अनुरोध पनि गरिएको छ । यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरूलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बै‌कले जनाएको छ ।

देशभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ०९ बजे

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र