कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित « Khabarhub

कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित


२५ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन पानीको बहाव परिवर्तनका कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ ।

वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस वर्ष पनि विपद्को जोखिम बढ्ने देखिएको छ । कैलालीतर्फ तटबन्धन निर्माण भइरहेको ठाउँमा पानीको सतह बढ्दा पुगेको अवरोधले काम पूरा हुन नसकेर सो क्षेत्रमा जोखिम बढ्ने देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीको बर्दिया राजपुरतर्फको भागमा नदी तटबन्धनसम्बन्धी काम सुस्त गतिमा भइरहेको छ । पानीको बहाव परिवर्तन गरी पालैपालो दुवैतर्फको भागमा नदी तटबन्धनको काम गर्नुपर्ने भए पनि बर्दियातर्फको भागमा काम नसकिँदा कैलालीतर्फको भागमा निर्माणाधीन नदी तटबन्धनको काम प्रभावित भइरहेको जनाइएको छ ।

हरेक वर्षायाममा कर्णाली नदीमा आउने बाढीले दुवै जिल्लाको नदी आसपासको मानवबस्ती बाढी, डुबान र कटानको उच्च जोखिमा रहने गरेको छ । सो क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको कैलालीका प्रजिअ थापाको नेतृत्वको टोलीले आज स्थलगत अध्ययन अवलोकन गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ८ : ५४ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध