मालपोत कार्यालयको सेवा यथावत् राख्नुपर्ने माग गर्दै प्रदर्शन | Khabarhub Khabarhub

मालपोत कार्यालयको सेवा यथावत् राख्नुपर्ने माग गर्दै प्रदर्शन


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिम्रौनगढ नगरपालिकामा हालै सञ्चालनमा आएको मालपोत कार्यालयबाट सेवा लिन अपायक भएको भन्दै महागढीमाई नगरपालिका बासिन्दाले सुरु गरेको सदरमुकाम कलैया केन्द्रित आन्दोलन बिहीबार चौथो दिन पनि जारी रहेको छ ।

यसअघि महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राबिर्ताका बासिन्दाले जिल्ला सदरमुकाम कलैयामा सुरु गरेको प्रदर्शनमा बिहीबार सुवर्ण र देवताल गाउँपालिकाका सेवाग्राही पनि सहभागी बनेका हुन । उनीहरूले पनि कलैयाबाट सिम्रौनगढ सेवा क्षेत्रमा राखिएको विरोध जनाएका छन् । देवताल गाउँपालिकाका अध्यक्ष उदय यादवले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर स्थानीयलाई कलैयाबाट नै यथावत सेवा दिने व्यवस्था मिलाउन सोमवार माग गरेका थिए ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलीप शुक्ला र देवताल गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष अरुण सिंहको नेतृत्वमा निस्किएको जुलुसले बुधबार मालपोत र नापी कार्यालयमा पुगेर कार्यालयको सेवा अवरुद्ध बनाएको थियो । नारा जुलुसहित सेवाग्राहीको जुलुस पुगेपछि कार्यालयको काम दिउसो १२ बजेबाट ठप्प बनेको थियो । जुलुसका सहभागीहरूले ‘कलैयाबाट यथावत् सेवा दिने व्यवस्था गर, सिम्रौनगढको सेवा चाहिँदैन, जनतालाई अपायक सेवा दिन पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएपछि यस क्षेत्रका बासिन्दा ३ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा बुझाएको ज्ञापन पत्रमा उल्लेख भए अनुसारको माग पुरा नभएपछि आन्दोलनको घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलनकारीका प्रतिनिधिहरूलाई कार्यालयमा बोलाएर बिहीबार सर्वदलीय बैठक बस्ने र सिम्रौनगढमा अपायक परेको भनिएको क्षेत्रका सेवाग्राहीहरूको बारेमा निर्णय लिने बताएको पिप्राबिर्ताका शिक्षक पन्नालाल दासले जानकारी दिए ।

उनले बिहीबारको बस्ने भनिएको सर्वदलीय बैठकको निर्णय अनुसार आन्दोलनको थप कार्यक्रम घोषणा हुने जानकारी पनि दिए । साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरूले असहमति जनाउँदै आएका छन् ।

त्यसैगरी सुवर्ण र देवतालका बासिन्दाहरूले पनि सिम्रौनगढको तुलनामा आफूहरुलाई सेवा लिन कलैया नै पायक पर्ने बताउँदै आएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक साताअघि सिम्रौनगढ मालपोत कार्यालयको उद्‌घाटन गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : ३४ बजे

रेलको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगर– जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा

प्रतिनिधिसभामा ऐन संशोधन गर्न बनेको विधेयक टेबुल

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई

प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ

जनकपुरधाम– बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे