भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त सर्वेक्षण अनुसार मोदीको नेतृत्वलाई ७५ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएका छन् । उनीपछि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर दोस्रो स्थानमा छन् । उनको नेतृत्वलाई ६३ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै, उनीपछि तेस्रो स्थानमा युरोपेली मुलुक इटालीका प्रधानमन्त्री मारियो द्राघी रहेका छन् । उनको नेतृत्वलाई ५४ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको मर्निङ कन्सल्टलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

२२ जना विश्व नेताहरु समावेश उक्त सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने ४१ प्रतिशत लोकप्रियताका साथ पाचौँ स्थानमा छन् ।

यसअघि यही वर्षको जनवरी एवम् अघिल्लो वर्षको नोभेम्बर महिनामा सार्वजनिक गरिएको यस्तै सूचकांकमा पनि मोदी सबैभन्दा लोकप्रिय नेता रहेको पाइएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : ३४ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने